घडी चरो

घडी चरो

म सधँै राइट ह्यान्डमा घडी लगाएर हिड्छु , तर कहिल्यै पनि राइट टाइमा पुग्न सक्दिन । मोवाइलको स्क्रिनमा ठूलो डिस्पले हुने गरी टाइम सेभ गरेको छुँ तर छ र नौ मा कन्फ्युज भएर राइट टाइम पढ्न सक्दिन । घरको ढोका खोल्ने वितिक्कै देखिने गरी ठूलो घडी झुन्ड्याएको छुँ तर त्यस्को सुई चल्दा चल्दै कति वेला सुइकिन्छ पत्तै हुन्न् ।
अध्यारो भयो रात पर्यो भनौ भने कहिल्यै काहीँ दिउसै औँसीको रातझैँ अन्धकार हुन्छ । हैन अझैँ समय बाकीँ छ भनेर ढुक्क भयो घामले डाडाँ काट्न अबेला गर्दिन्छ । स्कुल पढ्दा देखिको ओरिजनल अल्राम कर्लक्कमा दिन दिनै अल्राम सेट गर्छु । घरमा सबै जनाको निन्द्रा भत्याङ्ग भुतुङ्ग पारिदिन्छुँ तर म भने सिरानेले कान छोपेर सुत्छुँ ।
अल्राम पनि चार बजे देखि छ बजेसम्म दुई दर्जन चोटि बज्ला त्यसको नि के गल्ति ? भुइँमा पछारिदाँ, पछारिदा बज्नै अल्छि गर्न थालिसक्यो । प्रोफेसरले एक महिना अगाडि दिएको असाइनमेन्ट बुझाउने अघिल्लो दिन मात्रै याद हुन्छ । अझै “लेट कमर” को नाम पनि कमाएको छँु । ११ बजे सुरु हुने कार्यक्रममा ५ मिनेट छिटो पुग्न भन्यो सवा ११ त भइ हाल्छ, कहिले काहीँ बाह्रै बज्छ । साथी भेट््छु भनेर वाचा गर्यो कयौ पटक बाटोमा गाडी जाम छ भनेर ढाँट्नु परेको छ्, एकदिन त साथीले आधा बाटोसम्म लिन आँउछु भनेर घर नै आइपुगी, आफूले भर्खर खाना खाएर चुट्दै थिँए । आमाले खाना खान प्रन्द्र मिनेट अघाडि बोलाउनु हुन्छ तर म भान्छामा पुग्दा खाना सेलाएर हिउँ हुन्छ । टाइम म्यानेजम्यान्ट र समयको महत्वका बारेमा निबन्ध लेखेर पुरस्कृत भएको नि धेरै छन् । तर खै आफूले कहिल्यै टाइम म्यानेज अर्थात समय सदुपयोग गर्न जानिएन ।
मेरो एउटा बडो अचम्मको साथि छ, जो मलाई वेला वेलामा झकझकाइरहन्छ । बिहान रिमरिम हुदाँ मुख ठाडो पारेर उठ उठ भन्दै कराइरहन्छ । घरका सबै जना र छिमेकी समेत उठेर आ आफ्ना काममा व्यस्त हुँदा मैले हलचल नगरेको सुइको पाएपछि बार्दलीको बिच भागमा आएर कराइदिन्छ । यसो झ्यालबाट नियाल्दा म आफैँ अझै नउठे पछि आवाज झन चको पारेर कराउँछ , झ्याल नै फुटाउने गरी । झ्यालको माया लागेर भए पनि म उठ्न बाध्य हुन्छुँ ।
घरमा कोही नौलो आएको देख्यो कि बेस्सरी कराएर आमालाई सङ्केत दिन्छ । फेरी बेलुका साझँ पर्यौ घरभित्र बस भनेर सम्झाउने गर्छ । राती सुतेको वेला यो मस्त निन्द्र।को समय हो कसैलाई असर र्पानुहुन्न भन्ने कुरा ऊ मज्जाले बुझ्छ । कहिलेकाहीँ रिस उठेको वेलामा चाहिँ मुन्टो तन्काई तन्काई चिच्याउछँ । क ेमा मन दुखायो बुझ्नै गाह्रो१ अनि आमाले तरकारी रोप्नु भएको बारीमा भएर र्खोसिन थाल्छ । मेरो पनि रिस त कहाँ सानो छ र? चप्पलै चप्पलले हान्दिछुँ । एक चोटि त चप्पल हराएर आफैँलाई खोज्नको सास्ति पर्याे १
बिचरा कति बेर रिसाउन सक्थ्यो र रु मैले मकैका दाना निकाल्दै गरेको देखेर लुरुलूरु मेरै छेउमा आएर बस्छ । कम नाटक गर्न जान्या छ र? सक्नु र ओर्नु मेरो काधँमा चढ्न खोज्छ ।
कहिले काहीँ आफैँदेखि दिक्क हुन्छु अनि त्यसलाई हेर्छु, न त मोवाइल बोक्छ न त म जस्तो सधैँ पढ्न जान्छ । उसले समयको महत्वका बारेमा कुनै निबन्ध लेखेको पनि हैन । तर सधैँ उसले राइट टाइम मा चल्न जानेकौ छ । खै त उसको राइट ह्यान्डमा घडी ?

262 total views, 3 views today

Share the article