लामो संक्रमणक पछि को स्थिर सरकारको गन्तव्य !!!!!

लामो संक्रमणक पछि को स्थिर सरकारको गन्तव्य !!!!!

नेपालमा २००७ सालमा प्रजातन्त्र आएको भएपनि तेस्ले आफुलाई लामो समय जोगाउन सकेन र अहिले को नयाँ पुस्ता ले धेरै सुनेको र कतै कतै महशुस गरेको प्रजातन्त्र भनेको २०४६  साल पछि को नै हो। तेही प्रजातन्त्रपनि अलिकति सस्थागत हुन नपाउदै तेस्लाइ निरन्तर प्रहार हुन थाल्यो फलस्वरूप देशले २०४६ देखि अहिलेको अबस्थासम्म २६ वटा सरकार लाइ बेहोर्नुपर्यो । देश संक्रमणकालीन परिस्थितिको निरन्तर सिकार भैराख्यो ।  पछिल्लो दशक को छोटो समयको कालखंडमा धेरै राजनितिक परिबर्तनलाइ आत्मासाथ गर्दै  नेपाल सङ्घीय गणतन्त्र सहितको राजनितिक अभ्यासमा आफुलाई अग्रसर गराई रहेको छ । लामो समयको अस्थिरता का बिच हाम्रो महत्वपूर्ण कुरा संविधान निर्माण सम्पन्न भइ नेपाल तिनै तहका निर्वाचन समन्न गरि सरकार गठन भैसकेका छन् ।

अबको चरण भनेको हाम्रो आर्थिक र सामाजिक उन्नति को चरण हो भन्ने कुरा हाम्रो संविधान मा नै उल्लेख गरेर सरकार समाजबाद उन्मुख सामाजिक कार्यधिशा का साथ आगाडी बढेको घोषणा गरेको छ । आन्तरिक द्वन्द र राजनैतिक अस्थिरता नै देश को उन्नतिका प्रमुख शत्रु हुन भन्ने कुरा सबैले महासुस गरको नै हुनुपर्छ । पहिले बनेका सरकार अस्थिर हुनुका बिच अहिले केन्द्रमा एकल पार्टी को  स्पस्ट बहुमत अझ दुइ तिहाइको समर्थन सहितको सरकार छ अनि सातै प्रदेशमा सत्ताधारी दलकै सरकार छ । आफ्नो पार्टी भित्र को आन्तरिकलह सतहमा नआउने हो भने यो सरकार पूर्ण कार्यकाल टिक्ने मा कुनै शंका नै छैन । यस्तै का बिच सरकार ले केहि आसाका किरण देखाउदै आफ्नो दोस्रो बर्सको बजेट पनि प्रस्तुत गरेको छ । हामि नेपालि चाडै प्रतिफल खोज्ने र चाडै प्रतिक्रिया दिने कुरामा अभ्यस्त छौ कि हामिलाइ विकास पनि रातारात चाहिएको छ तर हामीले केहि समय धैर्य गर्ने पर्ने छ र आफ्नो सिप पसिना र दक्षता देशमा नै बगाउन पर्ने छ । हाम्रा पुस्ता ले नै सम्वृद्धिका लागि आफ्नो अभिभारा पुरा गर्नु पर्ने हुन्छ । सरकारले २१ वटा आयोजना लाइ राष्ट्रिय आयोजना घोषणा गरि काम गरिरहेको छ । तिन मध्ये केहि निर्माण को अन्तिम चरणमा छन । सम्वबत यो वर्ष मा नै माथिल्लो तामाकोशी जलबिद्युत आयोजना को निर्माण सम्पन्न र अरु थुप्रै ससाना जलबिद्युत आयोजना को सम्पनता पछी  देश बिधुतामा आत्मनिर्बर हुनेछ र केहि समयमा नै निर्यात का लागि समेत सबल हुनेछ । आहिले करिब २००० मेघावाट बराबरका जलबिद्युत आयोजना हरु निर्माण को चरणमा छन । अहिले सम्म केवल १००० मेघावाट को हाराहारीमा जलबिद्युत उत्पादन भईरहेको अबस्थामा अबको १-२ वर्सको समयमा नै तेती हाराहारीमा बिधुत थपिनु ठुलो उपलब्धी मान्न सकिन्छ । हिउद र बर्खा मा हुने बिधुत उत्पादन को भिन्नताललाई कम गर्न सरकारले जलासाययुक्त तनहुँ सेती जलबिद्युत आयोजना निर्माण सुरु गरिसकेको छ र बुढीगण्डकी जलासायायुक्त आयोजना निर्माणमा तदारुकता देखाएको छ । सिचाई आयोजना मध्ये को सिक्टा सिचाई आयोजना अन्तिम चरणमा र भेरी बबई डाईभार्सन आयोजना  को सुरुङ्ग को काम सकिसकिएको छ।

सरकार ले भ्रमण नेपाल वर्ष २०२० घोषणा गरेर पर्यटन ब्यबसाय लाइ फराकिलो र उकास्ने प्रयास स्वरुप यही वर्षभित्र गौताम बुद्ध अन्तर्राष्ट्रिय छेत्रिय बिमानस्थल र आगामी २०२१ भित्र पोखरा अन्तर्राष्ट्रिय छेत्रिय बिमानस्थल सम्मन गर्ने दिशामा छन । साथै निर्माण भएदेखि स्तरउन्नति नभएको एकमात्र बिमानस्थलको पुरै धावनमार्गको पिच परिवर्तन सम्पन्न भएर २१ घन्टा संचालन हुन थालेको छ  साथै विराटनगर, सिमरा, धनगडी, भद्रपुर आदि आन्तरिक बिमानस्थल रात्रिकालिन उडानका लागि पनि योग्य भैसकेका छन् । निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण र संचालनका लागि सरकार उपयुत तरिका अध्यन गर्दै छ । बिदेशी चलचित्र निर्माणका लागि लमजुंग मा सुबिधासम्पन्न फिल्म सिटि निर्माण गर्न सरकार ले इटालीयन कम्पनी समस्याग्रसित रुपमा रहेको नेपाल वायुसेवा निगम ले २ ठुला जहाज थपेर पुराना साथ साथै नया गन्तव्यमा आफ्न्ना उडान सुरु गरिसकेको छ । नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा व्यापक बृद्दि साथ साथै पर्यटकलाइ लछित तारे होटल निर्माणको क्रम बढेको छ । बिभिन्न डाडाकाडा मा केबलकार तथा अन्य शाहासिक खेलकुद का संरचना बनिरहेका छन । समग्रमा नेपालको पर्यटन ब्यबसाय सुमार्गमा अघि बढीरहेको छ ।

पूर्बाधार निर्माणको काम अहिले देशको प्रमुख मुद्दा बनेको छ । सडक निर्माणमा धेरै परियोजना संचालन हुँदै र संचालन हुने चरणमा छन । हुलाकि राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्ग  द्रुत गतिका साथ निर्माण चरणमा छन । पुर्व पश्चिम रेल मार्गको करिब ७० किमी निर्माण सम्पन भएर रेल कुद्ने चरणमा छ साथै बाकि काम सुरु हुदै छ । भारतबाट आएत हुदै आएको पेट्रोलियम पदार्थ यही महिनामा नै पाइपलाइन मार्फत आउनेछ । चितवन-बुटवल, मुग्लिन-पोखरा, इटहरी-विराटनगर आदि सडक फराकिलो र सुधारिएको हुदै छन् । ६ दशक अघि निर्माण सुरु भएको कान्ति लोकपथ को काम यो वर्ष सकिने छ । काठमाडौं चक्रपथ सुधार हुदै छ भने नागाढुंगा नौबिसे मा पहिलो पटक सुरुंग बाटो निर्माण हुदै छ । कालीगण्डकी करिडोर , सेती करिडोर,  कर्णाली करिडोर , कोशी करिडोर का साथै सम्पूर्ण गाउपालिका र नगरपालिका का केन्द्र सम्म पक्कि सडक निर्माण हुदै छन । काठमाडौं निजगढ द्रुत मार्ग नेपालि सेनाले  ट्रयाक तयार पारेर अब निर्माणको चरणमा छ । बिनासकारि भुइचालो ले ध्वस्त निजि आवास पुनर्निर्माण का काम लगभग सकिएर प्राय सबैले अनुदान पाई सकेका छन् । तेस्तै पौराणिक तथा धार्मिक महत्वका सम्पदा जस्तै धरहरा, रानीपोखरी,काठमाडौं दरवार स्वकार आदि पुनर्निर्माण अघी बढीरहेका छन भने कास्ठमण्डप, मनकामना मन्दिर, भक्तपुर दरबार,स्वयम्भुनाथ,बौद्ध आदिको  पुनर्निर्माण सम्पन्न भैसकेको छ ।

कृषि र पशुपालन आत्मनिर्भर बन्न र निर्यात गर्न सरकारले युवा उधमि कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, शौक्षिक प्रमाणपत्र धितो राखेर ऋण, विभिन्न तालिमहरु साथै अनुदान दिहिरहेको छ । विदेस बाट आउने कृषि जन्य आयात घटाउदै लैजाने नीति सरकारले लिएर एक गाउ एक उत्पादनका नाराका साथ अघि बढिरहेको छ । पशुपालनमा युवा आकर्षण गर्न पशु बिमाको कार्यक्रम सुरु भैसकेको छ । सरकार ले कृषि औजार र मलमा भन्सार छुट र अनुदान देको छ र बिभिन्न देशमा तालिमहरु र सिप सिक्न पठाउने कार्य गरिरहेको छ । नेपालि अर्गानिक तरकारी र फलफूल बिदेस निर्यात हुन थालेका छन । अलैची, अदुवा, चिया, अम्रिसो, च्याउ लगायत का तरकारी धेरै मात्रामा निर्यात हुन सुरु भैसकेका छन । जडीबुटी को ब्यबसायिक खेति गरि प्रोसोधन गरि ठुलो संख्यामा जडीबुटी निर्यात हुन सुरु भएका छन । यसै वर्ष लाइ सरकार ले बृक्षारोपण वर्ष घोषणा गरि करिब ५ करोड रुख क्रोप्दैछ र करिब ५० लाख रुख रोपीइसकेको छ ।

जनताको शिक्षा र स्वास्थ्यमा सरल पहुचका निम्ति सरकारले बिद्धार्थी भर्ना कार्यक्रम, बिद्धार्थी दिवा खाजा कार्यक्रम , बेटी बचाउ बेटी पढाउ कार्यक्रम, एक पालिका एक प्राभिधिक शिक्षालय कार्यक्रम, एक पालिकामा कम्तिमा २० शैयाको हस्पिटल, एक जिल्ला कम्तिमा १०० शैया को हस्पिटल, प्रतेक प्रेदेशमा एक शिक्षण हस्पिटल,बिपन्न र जेहन्दार बिद्धार्थी लाइ छात्रवृत्ति कार्यक्रम, ७० वर्ष भन्दा माथिका सबैलाई निशुल्क उपचार, गम्भीर रोगका बिरामिलाई उपचार मा  छुट,१२ कक्षा सम्म निशुल्क शिक्षा, सुत्केरी आहार कार्यक्रम, सुरक्षीत खोप कार्यक्रम, उपचार तथा दुर्घटना बिमा, खुला दिशामुक्त घोषणा,एक विद्यालय एक नर्स कार्यक्रम, आदि कार्यक्रम कार्यनवन भैसकेका छन ।

आन्तरीक्षमा नेपालको सरल पहुचका लागि नानो सेटलाइट आन्तरीक्षमा पुगीसकेको छ भने, पूर्ण क्षमताको सेटलाइट र नेपालमा नै सुरक्षीत मुद्रणका लागि प्रेस स्थापनाका लागि फ्रान्स सरकारका सग संझौता भैसकेको छ । सरकारी तथा निजि दूरसञ्चार कम्पनीले देशका कुना कुनामा फोन सेवा र इन्टरनेट सेवा पुर्याउने काम द्रुत गतिमा गरिरहेका छन । पुर्व पश्चिम अप्तिकल फाइबर बिस्तार गर्ने काम  द्रुत गतिमा अगाडि बढ्दै छ । ४ जी तथा ५ जी सेवा सुचारु भएको र हुदै छन भने करिब ६० प्रतिसत जनता को हातमा मोवाइल सेवा पुगीसकेको छ । नेपालि चलचित्र हलहरुमा बक्स अफिस लागु भइसकेको छ भने सावन महिनादेखि टिभीमा क्लिन फिड लागु हुदैछ । सरकारले सुचना प्रबिधिको बिकासका लागि धुलिखेल मा सूचना प्रबिधि पार्क बनाएर नया नया बिकासका लागी बातावरण बनाएको छ । सबै सरकारी कार्यालय लाइ डिजीटल बनाउने काम अघि बढिरहेको छ  भने डिजीटल राष्ट्रिय परिचयपत्र तथा  सवारी साधान अनुमतिपत्र पनि बितरण सुरु भैसकेको छ ।

उधोग तथा कलकारखाना निर्माण तथा संचालनका लागि विभिन्न औधिगिक ग्राम निर्माण तथा आबश्यक पूर्वाधार निर्माण गरिरहेको छ । बैदेशिक लगानी भित्राउन को लागि सरकार ले लगानी सम्मेलन गरेर बिदेशी लगानी भित्राउने प्रयास गरेको छ भने बिदेशी लगानीका योजनाका लागि आवस्यकता पर्ने सबै कानुनि तथा प्रशासनिक सेवा एकल ठाउ बाट दिन सुरु भैसकेको छ ।अर्बौ मा आयात हुने सिमेन्टमा नेपाल आत्मनिर्भर भएर निर्यात गर्ने आबस्थामा पुगी सेकेको छ भने दैलेखमा पेट्रोलियम परिक्षण र उत्खानन को काम सुरु भएको छ ।

युवा हरुलाई उधमि तथा रोजगार बनाउन सरकारले स्वरोजगार कार्यक्रम, बिना धितो ऋण कार्यक्रम तथा सिपमुलक तालिम दिने कार्यक्रम सुरु गरेर थुप्रै युवा लाइ रोजगार बनाउदैछ । तेस्तै योगदान मा आधारित पेन्सन सुबिधा सुरु भैसकेको छ भने बिदेशी सरकार सग सरकारी स्तर मा नै सम्झौता गरेर नेपालि कामदार विदेश जान थालेका छन । नेपाली कामदार बिना लगानी बिदेश जान थालेका छन भने दलाली प्रथा अन्त्य  भैसकेको छ । नेपालले स्पस्ट र सुमधुर परराष्ट्र नीति अबलम्बन गरेर छिमेकी तथा मित्र देशाहरुसग सुमधुर र मित्रबत  सम्बन्ध राखेको छ । क्षेत्रिय रुपमा ठुला सम्मेलन मानिएका सार्क र बिमस्टेक सम्मेलन नेपालले गरिसकेको छ भने यही वर्ष साफ खेलकुद प्रतियोगिता आयोजना गर्दैछ । लामो समय देखि अन्योलग्रस्त  नेपालि  खेलकुद बामे सर्दैछ भने विवादित एन्फा, क्यान , ओलम्पिक कमिटीको विवाद समाधान उन्मुख छन ।धेरै समयदेखि थला परेको दसरथ रंगशाला पुनर्निर्माण को काम अन्तिम चरणमा छ भने अन्य रंगशाला निर्माणले गति लिएको छ । यस्तै हालसालै रास्ट्रीय खेलकुद प्रतियोगिता सम्पन्न भैसकेको छ भने भलिवलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुदैछ ।

यसरी हेरक छेत्रको चौतर्फी बिकासका लागी सरकारले सक्दो प्रयास गरिरहेको छ । नेपाल पहिलो पटक सङ्घीय प्रणालीमा गएकाले गर्दा बिभिन्न समस्या केन्द्र प्रदेश र स्थानीय तह बिच देखेदै आएको छ तर नौलो अभ्यास भएको कारण यो समस्या बिस्तारै हल हुदै गहि रहेका छन् । ७५३ स्थानीय तह, ७ प्रदेश तथा केन्द्र सरकारका सबै जनप्रतिनिधि तथा कर्माचारी इमान्दार नै छन् भन्ने छैन र् एकाध को गल्तीले गर्द्दा पुरा सरकार असफल भयो र् सङ्घीयता असफल पार्न खोज्नु ठुलो मूर्खता हुनेछ । देशले लामो समयपछि स्थिर, बलियो र दुरद्रिस्टि भएको सरकार पाएको छ जुन योजना निमार्ण तथा कार्यन्वयन को लागि देशका लागि एकदमै जरुरत थियो । बन्द हड्ताल हिम्सा जस्ता देशलाई अस्थिर बनाउने कुराबाट देशले मुक्ति पाएको छ । केहि उग्रबादी तथा बिदेशी शक्ति अझै पनि देश र जनतालाई कमजोर पार्ने प्रयासमा छन् जो सग हामि सतर्क हुन जरुरि छ । देश धर्मनिरपेक्ष भैसकेको छ भने उपेक्षित तथा बिकासका मुल पर्बाहमा नपरेका समुदायको प्रतिनिधित्व को सुनिश्चितता संबिधान मा भएर हरेक पाटोमा समान तथा समानुपातिक प्रतिनिधि चयन भैरहेका छन । देशको संघियता कार्यन्वयनको लागि आवस्यक सबै खाले कानुन निर्माण भैसकेका छन र बाकि विधेयक पनि क्रमस बन्दै छन भने स्थानीय तह र प्रदेश को लागि आवस्यक कर्मचारी समायोजन लगभग सकिएको छ र बाकि पद पूर्ति को लागि लोकसेवाले बिज्ञापन खोलिसकेको छ ।  एकात्मक शासन पद्दति मा अभ्यस्त भाको हामि र भ्रस्ट कर्माचारीतन्त्र लाइ संघियताको अभ्यासमा अभ्यस्त हुदै छन् । देशको प्रतिव्यक्ति आय १००० डलर पार गरेको छ भने ६.५ भन्दा बढीको आर्थिक बिकास हुदै छ । प्रतेक स्थानीय तहले आफ्नो तहको विकासका लागि काम गरिरहेका छन् तर हामीले प्रतिफल को लागि केहि समय धैर्यता त गर्ने पर्ने हुन्छ । सूचना प्रबिधि को तिब्र विकासले गर्दा हामीले बिकसित देशको बिकास र उनीहरुको सास्कृतिमा लोभिएका छौ तर हामि देशमा नै केहि गर्ने तथा हाम्रो सस्कृति र चिनारी संरक्षण गर्न पछी परिरहेका छौ । हामि काममा भन्दा भावानामा धेरै बग्छौ अनि जे कुरामा पनि हतार हतार प्रतिक्रिया दिएर निराश हुन्छौ । विस्वको सुन्दर देश अनि उदयमान शक्ति को बिचमा भएको देश सबल अनि सम्वृद्ध हुन लामो समयसम्म कुर्नु पर्दैन । हामि सरकार ले लिएको लक्ष्य अनुरुप नै  सन् २०२३ सम्म अल्प बिकसित देश र सन २०३० सम्म बिकसित देशको रुपमा पुग्नेछौ। अब हामि हातेमालो गरेर औजेरु हटाइ देश बनाउने समय हो र देश बनाउने पुस्ता पनि यही हो ।

674 total views, 3 views today

Share the article